Thaha

Thursday 25 April - 8:15 am NST

आज पाँचौं विश्व रेडियो दिवस


काठमण्डौं, १ फागनु ।
आज पाँचौं विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक  संघ, नेपाल ब्रोकाष्टिङ्ग एशोसीयसन अफ नेपाल बानलगायतका संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । काठमाडौंमा बिहान प्रभातफेरी पनि निकालिएको छ ।

नेपालमा राणाशासन अन्त्यका लागि संघर्षरत नेपाली काँग्रेसले वि.स.२००३ सालमा रेडियो प्रसारण शुरु गरेको थियो । औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो । अहिले सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । विभिन्न सन्चार माध्यमको विकास भएपनि अझै रेडियो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।