Thaha

Thursday 18 April - 2:26 pm NST

उसुका खेलाडी खर्च नभएर झापामा अलपत्र / टिम म्यानेजर र प्रशिक्षक जहाजमा कुलेलाम

 काठमाडौं, २९ माघ । १२ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जितेर फर्केका ९ जना उसुका खेलाडी झापामा खर्च नभएर अलपत्र परेका छन् ।
खेलाडी लिएर गएका उसुका टिम म्यानेजर र प्रशिक्षक पदक विजेता खेलाडीलाई छाडेर जहाजमा काठमाडौं हिडेकाले उनीहरु अलपत्र परेका हुन् । ‘हामी समस्यामा छौं, जिम्मेवारी निभाउनेले निभाएनन ।’ रजत पदक विजेता विश्व बुढामगरले थाहासंचार नेटवर्कसँग भने–कसरी फर्किने हामी अफ्ठरोमा प¥यौं ।’ अलपत्र मध्येका केही खेलाडी बिरामी छन् । उनीहरुमा वान्ता हुने र घाँटी दुख्ने समस्या देखिएको छ । 
टिम म्यानेजर र प्रशिक्षक खेलाडीलाई काँकडभिट्टामा अलपत्रै छाडेर जहाजमा राजधानीतर्फ आएका खेलाडीले बताएका छन् । उसुका टिम म्यानेजर नानी बाबु तामाङ, प्रशिक्षक सुमन भट्ट, प्रकाश महर्जन, अरूण दत्त र रतन खातीले अफूहरूलाई बीचमै अलपत्र छाडेर हिडेका रजत पदक विजेता विश्व बुढा मगरले बताए । सागमा नेपालले सबैभन्दा बढी पदक उसुमै जितेको छ । उसुमा सहभागी १६ खेलाडी मध्ये १२ जनाले पदक जितेका छन् । र, एक मात्र स्वर्ण पनि उसुमै हो ।