Thaha

Saturday 20 April - 1:39 am NST

राउटे मुखियाले प्रधानमन्त्रीलाई भेटे

काठमाण्डौ, माघ २९ । राउटेका मुखियाहरुले शुक्रवार प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेटघाट गरेका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राउटे मुखिया वीरबहादुर शाही, डिलबहादुर शाही र सुर्यनारायण शाहीले चाडवाड मनाउन सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो । 
प्रधानमन्त्री ओलीले उनीहरुलाई आधुनिक जीवनशैली अपनाउन,जंगलबाट गाउँ,सहरमा आउन आग्रह गर्नुभयो । अधुनिक जीवनशैली अपनाउन राउटेहरुलाई राज्यले सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परम्परागत संस्कृतिको संरक्षण गर्दै जीवनशैलीलाई आधुनिक बनाएमा राउटेहरुको भविष्य सुनिश्चित हुने प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले तीनै जना राउटे मुखियाका परिवारलाई जुत्ता सहित  कपडा किनेर दिनुभएको छ ।