Thaha

Friday 19 April - 7:40 pm NST

राष्ट्रसंघीय वर्किङ ग्रुपले जुलियन असान्जबारेको प्रतिवेदन जारी गर्दै


काठमाडौं, २२ माघ । संयुक्त राष्ट्रसंघको ‘वर्किङ ग्रुप अन अरबिट्ररी डिटेन्सन’ले गोप्य सुचना सार्वजनीक गर्दै आएको विकीलीक्सका संस्थापक जूलियन असान्जबारे गरेको छानवीनको प्रतिवेदन आज सार्वजनीक गर्दैछ । अष्ट्रेलियन मुलका असान्जले सन् २०१२ देखि लन्डनस्थित इक्वेडरको दूताबासमा शरण लिदै आउनुभएको छ । असाञ्जमाथि यौन शोषणको आरोप पनि लागेको छ । तर त्यसलाई असाञ्जले अस्वीकार गर्दैै आउनुभएको छ । वर्किङ ग्रुपले आफ्नो विषयमा गरेको छानवीनको निष्कर्ष सार्वजनिक गर्ने तयारी गरीरहेका बेला असान्जले हिजो ट्विट गर्दै राष्ट्रसंघले बेलायत र स्वीडेन विरुद्धको मुद्धा हारेको घोषणा गरे बेलायती प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताउनुभएको थियो । राष्ट्रसंघको एउटा प्यानलले पनि असान्जको पक्षमा निर्णय गरेको सार्वजनीक भएको छ ।

राष्ट्र संघले असाञ्जलाई बेलायतमा पक्राउ गरिने कुरालाई गलत र अवैध भनेको बीबीसीले लेखेको छ । तर यो यसबारे राष्ट्र संघले केही बोलेको छैन । अमेरिकाले उहाँमाथि गोप्य सरकारी कागज पत्र लिक गरेको आरोपमा मुद्दा चलाएको छ ।