Thaha

Friday 26 April - 5:20 am NST

भू उपग्रह प्रक्षेपण गरे ठूलो मूल्य चुकाउनुपर्ने


काठमाडौं, २० माघ । दक्षिण कोरियाले उत्तर कोरियालाई भू उपग्रह प्रक्षेपण गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आगामी फेब्रुअरी ८ देखि २५ भित्र भू उपग्रह प्रक्षेपण गर्ने तयारी गरेको खबर सार्वजनिक भएपछि दक्षिणले यस्तो चेतावनी दिएको हो । उत्तर कोरियाले भूउपग्रह प्रक्षेपण गर्ने आफ्नो तयारी बारे संयुक्त राष्ट्रसंघलाई हिजो जानकारी गराएको थियो । यस्तैगरी जापानले पनी उत्तर कोरीयाले भू उपग्रह प्रक्षेपण गरे त्यसलाई नष्ट गर्ने चेतावनी दिएको छ । जापानले आफ्ना सैनिकहरुलाई सतर्क अवस्थामा रहन पनि भनेको छ । भूउपग्रह प्रक्षेपणले आफ्नो देशको लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको क्षमता विस्तार हुने उत्तरले जनाएको छ । यो खबरपछि अमेरिकाले उत्तर कोरिया विरुद्धको प्रतिबन्ध थप कडा बनाउन राष्ट्रसंघसँग आग्रह गरेको छ । क्षेप्यास्त्र प्रक्षेपणको विषयमा अहिले पनि उत्तर कोरियाले राष्ट्रसंघको प्रतिबन्ध खेप्दै आएको छ ।