Thaha

Thursday 25 April - 5:44 am NST

राष्ट्रिय बाली विकास अभियान सन्चालन गर्ने सरकारको तयारी, पशुपन्छी मन्त्रालयद्धारा ४० बुँदे प्रतिवद्धता सार्वजानिक


काठमण्डौं, १३ माघ । सन्चु ब्लोन ।
सरकारले खाद्य संकटको सामना गर्न राष्ट्रिय अभियान संचलान गर्ने तयारी गरेको छ । कृषि विकास मन्त्रालयले अन्य मन्त्रालयहरुको समेत समन्वयमा विशेष खाद्यान्न उत्पादनलाई जोड दिन अभियान संचालन गर्ने भएको हो । कृषि विकास मन्त्री हरिबोल गजुरेलले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर चैते धान, कोदो, मकै, फापर, आलुलगायत बालीको उत्पादन वृद्धिका लागि राष्ट्रिय अभियान सन्चालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले यो अभियान तत्काल शुरु हुनेगरि छलफल भइरहेको बताउनु भयो । यस्तै कृषि विकास मन्त्रालयले ३ हजार गाउँपालिकामा कम्तिमा एक जना कृषि तथा पशु प्राविधीकको ब्यवस्था गर्ने योजनाको प्रकृया शुरु भएको जनाएको छ । जसका लागि कार्यविधी बनाएर स्विकृतिका लागि अर्थमन्त्रालयमा पेश भइसकेको मन्त्री गजुरेलले जानकारी दिनुभयो । राष्ट्रिय किसान आयोग गठनका लागि आवश्यक प्रकृया अगाडि बढेको मन्त्रालयले जनाएको छ । किसान आयोग गठनपछि किसान पेन्सनको विषयमा पनि आगामि आर्थिक वर्षबाट काम थाल्ने मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले जानकारी दिनुभयो । 


यसैबिच सरकारले आगामी तीन वर्षभित्र मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने दावी गरेको छ । पशुपक्षी विकास मन्त्रालयले आज ४० बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै पशुपक्षीजन्य पदार्थको आयात प्रतिस्थापन गरी उत्पादनमा आत्मनिर्भर बनाउने दावी गरेको हो । अण्डा, मासु र दूधमा एक, दुई र तीन वर्षभित्र आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउने मन्त्रालयले जनाएको छ । त्यस्तै पशुपन्छी मन्त्रालयले एक प्रदेश, एक नमुना पशु अस्पताल निर्माण गर्ने भएको छ ।

यो कार्यक्रम यसै आर्थिक वर्षबाट सुरु गर्ने पशुपन्क्षी विकास मन्त्री शान्ता मानवीले जानकारी दिनुभयो । कृषि विकास मन्त्रालयबाट छुट्टिएर गाठन भएको मनत्रालयले किसानमैत्री राष्ट्रिय पशुपन्छी पालन नीति ६ महिनाभित्र बनाएर कार्यान्वयनमा ल्याउने पनि दावी गरेको छ । प्रतिबद्धता पत्रमा एक वर्षभित्र किसानमैत्री राष्ट्रिय डेरी विकास योजना बनाउने र पशु बधशाला व्यवस्थित गर्न आवश्यक नीतिमा सुधार गर्ने उल्लेख छ ।