Thaha

Saturday 20 April - 12:56 pm NST

मंगलबारबाट उपभोक्ताले पूरा सिलिण्डर ग्यास पाउने !

काठमाडौं १० माघ । पर्सी मंगलबारबाट पुरै सिलिन्डर ग्यास वितरण हुने भएको छ । 
पछिल्लो दुई सातामा ४० प्रतिशत ग्यास आयात बढेकोले उपभोक्तालाई पूरा सिलिन्डर ग्यास वितरण गर्न लागिएको नेपाल ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो । कानुनतः १४ दशमलव २ किलो ग्यास नै वितरण गनुपर्ने भए पनि विशेष अवस्थाका कारण अहिले आधा सिलिन्डर ७ दशमलव १ किलो मात्र ग्यास वितरण हुँदै आएको छ । तर, आयल निगमले भने भारतले ग्यासको आपूर्ति नबढाउँदासम्म आपूर्ति सहज हुन नसक्ने हुँदा नयाँ निर्णय नहुन्जेल ७ दशमलव १ किलोकै सिलिन्डर वितरण गरिने बताउदै आएको छ । घिमिरेले निगमलाई अब बजारमा पुरै सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको पनि जानकारी दिनुभयो । 
तर, निगम यस सम्बन्धमा सकारात्मक नभए पनि उद्योग संघले सार्वजनिक सूचना जारी गरेर भएपनि पुरै सिलिन्डर बजारमा ल्याउने घिमिरेले बताउनुभयो ।