Thaha

Friday 26 April - 2:01 am NST

नेपाल एसियाली पूर्वाधार विकास बैंकको सन्चालक समितीमा छानियो


काठमण्डौं, २ माघ ।
नेपाल एसियाली पूर्वाधार विकास बैंकको सन्चालक समितीको सदस्य बनेको छ । चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको हो । सञ्चालक समितिमा एसियाबाट नौ देश र एसियाबाहेकका देशबाट दुई गरी ११ देश बैंकको सञ्चालक समितिमा छानिएका छन् । एसियाबाट नेपालसहित चीन, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया, भारत, दक्षिण कोरिया र टर्की तथा एसिया बाहेकका मुलुकहरुबाट संयुक्त अधिराज्य बेलायत र जर्मनी एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समिति सदस्यमा रहेका छन् ।

सम्मेलनमा सहभागी ५७ देशका मन्त्री तथा प्रतिनिधिहरुले संयुक्त रुपमा स्विच अन गरी बैंकको उदघाटन गरेका थिए । त्यस अघि चीनका राष्ट्रपति सि जि पिङले बैंकको व्यानरको अनावरण गर्नु भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले एसियाली पूर्वाधार विकास बैंंकमार्फत भौतिक आवश्यकता पूरा गर्दै सामाजिक, आर्थिक विकासका निम्ति नेपाल सक्रिय रुपमा सहभागी हुने बताउनु भएको छ । उहाँले बैंकको स्थापनाले एसियाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नु भएको छ ।