Thaha

Thursday 25 April - 6:43 pm NST

एकाविहानै बाजुरामा ५ दशमलब ५ रेक्टरको भूकम्प

काठमाडौं, ४ पुस ।  बाजुरामा आज विहानै भूकम्प गएको छ । विहान ४ बजेर २ मिनेट जाँदा ५ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।

भूकम्पका कारण सुतिरहेका मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पको क्षतिबारे जानकारी आइसकेको छैन । बैशाख १२ गते गोरखाको बारपाक लाई केन्द्र बनाएर ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प पछि यो ठूलो भूकम्प हो । त्यसअघि लगातार पराकम्प गए पनि यति ठूलो रेक्टरको भूकम्प गएको थिएन ।