Thaha

Wednesday 24 April - 4:46 am NST

रुसद्वारा टर्कीमाथि विभिन्न प्रतिबन्ध

काठमाडौं १३ मंसिर । रुसी लडाकु विमान टर्कीले खसालेपछि दुई देशबीचको सम्बन्ध चिसिएका बेला रुसले टर्कीमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । आफ्नो विमान खसालेकोे कारण देखाउँदै रुसले टर्कीसँग आयात निर्यात, रुसमा सञ्चालित कम्पनी बन्द गर्ने तथा रुसी कम्पनीमा कार्यरत टर्कीका नागरिकलाई हटाउने निर्णय गरेको छ । यस्तै, दुई देशबीच      हवाई उडानमा पनि प्रतिबन्ध लगाइएको छ । टर्कीले केहीदिनअघि रुसी लडाकू विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै खसालेको थियो । यस विषयमा माफी माग्न टर्कीलाई गरेको आग्रह अस्वीकार गरेपछि रुसले प्रतिबन्ध लगाएको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले यी सबै प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर समेत गरेको बीबीसीले जनाएको छ  । यसअघि टर्कीका नागरिकलाई प्रवेशमा भिषा आवश्यक नपर्ने व्यबस्था पनि रुसे खारेज गरेको थियो । रुसको यो प्रतिबन्धबाट रुसमा कार्यरत झण्डै २ लाख टर्कीका नागरिक प्रभावित हुनेछन् ।