Thaha

Friday 19 April - 9:18 am NST

हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मी छुटे

काठमाडौं १३ मंसिर । झापामा हतियारसहित पसेका सीमा सुरक्षाबलका १३ जना भारतीय सुरक्षाकर्मीलाई सरकारले भारतको जिम्मा लगाएको छ ।
जानेर नभई भुलवश नेपाली भूमिमा पसेको र अर्को कुनै नियत नभएको बताएकोले अनुसन्धानपछि उनीहरुलाई भारतीय कमाण्डरको जिम्मा लगाइएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । तस्करलाई लखट्ेनेक्रममा भूलवश नेपाली भूमिमा छिरेको उनीहरुको बताएका छन् । उनीहरुलाई केचना नाकामा स्थानीय बासिन्दाले नियन्न्त्रणमा लिएर सशस्त्र प्रहरीको जिम्मा लगाएका थिए । नियन्त्रणमा लिएको सात घण्टापछि उनीहरुलाई छोडिएको छ ।