Thaha

Thursday 25 April - 12:01 pm NST

नेपाली टोली अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज–२०१५मा भाग लिन बंगलादेश प्रस्थान

काठमाडौं १२ मंसिर । अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज–२०१५मा भाग लिन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली शनिबार बंगलादेश गएको छ । 
नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठका अनुसार डिसेम्बर १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पुरुष÷महिलाको सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल छन् । महिलामा सरादेवी तामाङ, नङ्शलदेवी तामाङ, शिक्षा श्रेष्ठ र अमिता गिरी छन् । प्रतियोगितामा विभिन्न २४ राष्ट्रको सहभागिता रहनेछ ।
टोलीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र ब्याडमिन्टन संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले बिदाइ गर्नुभयो ।