Thaha

Tuesday 16 April - 10:21 am NST

पार्टी नेतृत्वप्रति कांग्रेसका पूर्वमन्त्रीहरु खनिए

काठमाडौं १२ मंसिर । नेपाली काँग्रेसका पूर्वमन्त्रीहरुले पार्टीको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
पूर्वमन्त्री, पूर्वसांसद र पूर्वजिल्ला सभापतिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टीले पछिल्लो समयमा खेलेको भूमिकाप्रति असन्तुष्ट व्यक्त गरेका हुन् । काँग्रेसका केन्द्रीय सदस्य पद्मनारायण चौधरीले पार्टीले गुटको राजनीतिक अन्त्य गरेर अगाडि बढ्नु आवश्यक रहेको औँल्याउनुभयो ।

पार्टीका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारले पार्टीका गम्भीर विषयमा हुने छलफल पार्टी नेतृत्वले केन्द्रीय सदस्यको अनुपस्थितिमा एकलौटी ढङ्गले निर्णय गर्ने गरेको बताउनुभयो । पूर्व राज्यमन्त्री सुशीलमान शेरचनले संविधान निर्माणपछि राष्ट्रपति, प्रधानमन्त्री निर्वाचनमा पार्टीले गरेको निर्णयप्रति आपत्ति जनाउँदै भन्नुभयो, ‘पार्टीलाई थप उचाइमा पु¥याउनका लागि पार्टीमा नयाँ नेतृत्वको खाँचो छ ।’ 
पूर्वराज्यमन्त्री रेवती भुसालले नाकाबन्दीले देशमा महँगी, कालोबजारी, भ्रष्टचार मौलाउँदै गएकाले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले काँग्रेसले उचित जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको बताउनुभयो ।