Thaha

Friday 19 April - 1:57 pm NST

देशको सुरक्षा गर्न सेना परिचालन हुनसक्छ : उपप्रधानमन्त्री रावल

काठमाडौं १२ मंसिर । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले जनता र मुलुकको सुरक्षाका लागि नेपाली सेना परिचालन हुनसक्ने बताउनुभएको छ । 
आज रिपोर्टर्स क्लबले काठमाडौंमा गरेको कार्यक्रममा मुलुकको भु–भाग र जनताको रक्षाको लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री रावलले आवश्यक परे सेनासहित सबै सुरक्षा निकाय परिचालन हुनसक्ने बताउनुभएको हो । आवश्यक परे जनतालाई पनि राज्यले खटाउन सक्ने संबैधानिक ब्यवस्था रहेको भन्दै मन्त्री रावलले जनताको हितको लागि सबै निकाय परिचालन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।  
सरकार धेरै संयमित भएर प्रस्तुत भएको रक्षामन्त्री रावलको दाबी छ । भारतले अत्यावश्कीय बस्तु रोक्दा जनता जनताबीच मनोमालिन्य बढेको भन्दै उहाँले सीमामा सामान रोक्ने कुरा कुनै पनि सन्धी सम्झौतासँग मेल नखाने बताउनुभयो । उपप्रधानमन्त्री रावलले मधेसी मोर्चालाई बार्ताबाट समस्या समाधान गर्ने भए आन्दोलनको स्वरुप फेर्न आग्रह गर्नुभयो । 
जनता, राष्ट्र र लोकतन्त्रलाई आधार मानेर बार्तामा बस्ने हो भने अन्तिम निष्कर्षमा पुग्न धेरै समय नलाग्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।