Thaha

Friday 19 April - 11:29 am NST

म्याग्दिमा पनि रेडपाण्डा भेटियो

 


सन्जय रेग्मी , म्याग्दि, १० मंसिर ।

म्याग्दीको जंगलमा पनि रेडपाण्डा भेटिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले गरेको अध्ययनका क्रममा म्याग्दीमा रेडपाण्डा भेटिएको हो । 
लुलाङ गाविसको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदी गाविसको जङ्गलमा हाब्रे भेटिएको रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार, लजालु स्वभावको वन्यजन्तु मानिने हाब्रेको दिसा भेटिएका आधारमा बसोबास रहेको पुष्टि भएको हो । 

चौडापाते जङ्गल र निगालोको झाडीमा बस्ने रेडपाण्डा अर्थात हाब्रेलाई स्थानीयबासीले ‘ओक्रा’ र ‘वन कुकुर’ भन्ने गरेका छन् ।