Thaha

Thursday 25 April - 12:49 pm NST

अत्यावश्यक गाडाीलाई आजदेखि तेल बिक्री बितरण हुदै


काठमण्डौं, १० मंसिर । 
नेपाल आयल निगमले आजदेखि अत्यावश्यक, सरकारी र सार्वजनिक गाडिलाई कोटा र पेट्रोलपम्प तोकेर तेल विक्रीवितरण गर्ने भएको छ । निगमले सार्वजनिक सूचना जारी गर्दै अस्पताल, कुटनीतिक नियोग, औषधी बोक्ने गाडी, एम्बुलेन्स र शववाहनलाई प्रहरी कल्याण कोष नक्सालबाट पेट्रोलियम पदार्थ उपलब्ध गराउने जनाएको छ । खाद्यान्न, दुध, पानी, तरकारी बोक्ने, फोहोरमैला ओसार्ने गाडी, दमकल, प्रेस/छापाखाना लगायतका गाडीले शक्तिदेवी पेट्रोल स्टेशन लगनखेलबाट एक पटकमा अधिकतम ३० लिटरसम्म डिजल पाउनेछन् । 

सरकारी÷संस्थानका मोटरसाइकललाई सम्बन्धित कार्यालयको कुपनका आधारमा प्रतिहप्ता तीन लिटर र गाडीलाई १० लिटरका दरले पेट्रोल उपलब्ध गराउने निगमको सूचनामा उल्लेख छ । संचारकर्मीलाई भने भोली उपत्यकाका सरकारी पेट्रोल पम्पबाट सूचना विभागको परिचयपत्रका आधारमा मोटरसाइकललाई ३ र गाडीलाई १० लिटरका दरले पेट्रोल वितरण गरिने निगमले जनाएको छ । सार्वजनिक सवारी साधनलाई नम्बरका आधारमा जोर र बिजोर गते डिजेल उपलब्ध गराइने छ । एकपटकमा माइक्रो र जीपलाई १५ लिटर, मिनीबसलाई २० लिटर, ठूला सिटी बसलाई ३० लिटर र लामो दुरीका माइक्रो र ठूला बसलाई गन्तब्यसम्म पुग्न सक्नेगरी डिजेल दिइने सूचनाम उल्लेख छ । स्कुल कलेजका विद्यार्थी बोक्ने गाडीलाई हप्तामा दुई पटक सोमबार र बिहीबार ३०/३० लिटरका दरले र पर्यटक बोक्ने गाडीलाई रुट हेरी चलानीका आधारमा इन्धन उपलब्ध गराइने निगमले जानकारी दिएको छ ।
सरकारी/संस्थानका जीप कारलाई सम्बन्धित कार्यालयको कुपनका आधारमा हप्तामा १५ लिटर डिजेल उपलब्ध गराइनेछ । निगमले आज काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, नुवाकोट र काभ्रेका सरकारी तथा निजी ५० वटा पेट्रोल पम्पबाट २ लाख ३४ हजार लिटर डिजेल र उपत्यकाका सरकारी पम्पहरुबाट ४२ हजार लिटर पेट्रोल वितरण गर्न लागेको हो ।