Thaha

Friday 19 April - 7:30 pm NST

इन्धन सम्झौताका लागि टोली आज चिन जाँदैं


काठमण्डौं, ७ मंसिर । 
चीनसंग इन्धन सम्झौताको वातावरण तयार गर्न आज सरकारीे टोली त्यसतर्फ जान लागेको छ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल सहितको टोली दिउँसो चीन जाने बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 


टोलीको नेतृत्व भने चीनका लागि नेपाली राजदूत डाक्टर महेश मास्केले गर्नुहुनेछ । इन्धन सम्झौताका लागि टोलीले वातावरण बनाउने र त्यस लगत्तै अर्को टोली आवश्यक भएमा मात्र पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ । चीनमा दोहोरो करा प्रणाली कायम रहेकाले कर मिनाह गर्न मास्के नेतृत्वको टोलीले वातावरण तयार गर्नेछ । यसअघि वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनको चीन भ्रमणका क्रममा चीनले कर मिनाहका लागि सकरात्मक जवाफ दिएको थियो । 


करमा कुरा मिलेमा तत्काल पेट्रोलियम पदार्थ आपूर्ति गर्ने विषयमा नेपाल र चीनबीच सम्झौता हुनेछ । त्यस लगत्तै चीनबाट पेट्रोलियम पदार्थ आयात गरिने मन्त्रालयले जनाएको छ ।