Thaha

Wednesday 24 April - 5:06 pm NST

मधेसको समस्या समधानका लागि मुख्य दलले समान धारणा बनाउँदै

काठमण्डौं, ७ मंसिर । 
तराई मधेसको समस्या समाधानका लागि समान धारणा बनाउन मुख्यदलका शीर्ष नेता छलफलमा जुटेका छन् । नेपाली काँगे्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सहित मुख्य राजनीतिक दलका शीर्षनेताले तराई मधेसको समस्या समाधानका लागि समान धारणा बनाउन छलफल गर्न लागेका हुन । 
प्रधानमन्त्री निवास बालुवाटारमा जारी शीर्ष नेताको बैठकले मधेसी मोर्चाका सीमांकन सहितका माग सम्बोधनको बाटो खोज्ने छन । सीमांकनसहितको माग सम्बोधनका लागि साझा प्रस्ताव तयार गरेर जानुपर्ने सत्तारुढ दलको तयारी छ भने प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले यसअघि व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबाटै निकास खोज्नु पर्ने अडान राखेको छ । यसअघि हिजो बसेको सर्वदलिय बैठकले समान धारणा बनाएर आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधन गर्ने निर्णय गरेको थियो ।  
यसैबिच संयुक्त लोकतान्त्रिक मधेस मोर्चाले आजदेखि काठमाडौंमा पनि आन्दोलन सुरु गर्ने भएको छ । सीमांकनको हेरफेरको मुख्य एजेण्डा बनाएर आन्दोलनरत मधेसी मोर्चाले  विभिन्न जनजाति पार्टीसँग मिलेर आन्दोलन गर्न लागेको हो । पहिचानवादी संघीय गठनबन्धनले मोर्चाको आन्दोलनमा साथ दिनेछ । आफूहरुले अब राजमार्ग र राजधानी केन्द्रित आन्दोलन गर्न लागेको मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिननुभयो । 
आज दिउँसो १ बजे माइतीघर मण्डलामा मधेस आन्दोलनका क्रममा मृत भएकाको नाममा श्रद्धाञ्जली र मौनधारणा कार्यक्रम राखिएको उहाँले बताउनुभयो । मधेसमा तीन महिनादेखि जारी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु भइसकेको छ । तर, सरकार र मोर्चाको आ–आफ्नै अडानले जारी वार्ता निर्णायक बन्न सकिरहेको छैन ।