Thaha

Friday 26 April - 4:58 am NST

नेपालमा कार्यरत डोयन सीएनएन हिरो


काठमाडौं,मंसिर २ । नेपालमा महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील अमेरिकी महिला म्यागी डोयन सिएनएन हिरो २०१५ घोषित हुनुभएको छ । गएराति न्यूयोर्कमा भएको समारोहमा अन्य १० प्रतिष्पर्धिलाई पछि पार्दै डोयन सिएनएन हिरो घोषित हुनुभएको हो ।

उहाँले एक लाख अमेरिकी डलरका साथै उत्कृष्ठ १० मा परेका प्रत्येकले पाउने थप १० हजार डल प्राप्त गर्नुभएको छ । अमेरिकाको न्यूजर्सीमा जन्मिएकी डोयन १० बर्ष अघि नेपाल आउनुभएको थियो । सिएनएन हिरो घोषित भइसकेपछि बोल्दै डोयनले आफूलाई नेपाली छोरीका रुपमा स्वीकर गरिदिएको भन्दै सम्पूर्ण नेपालीलाई धन्यवाद दिनुभयो ।

उहाँले मध्यपश्चिमका टुहुरा तथा सडक बालबालिकालाई आवास सहित शिक्षा प्रदान गर्दै आउनुभएको छ । २८ बर्षीया डोयनले संचालन गरेको कोपिला भ्याली चिल्ड्रेन होममा अहिले ८ महिनादेखि १६ बर्षसम्मका ५० भन्दा बढी बालबालिकाले आश्रय पाएका छन् । नेपालबाट यसअघि अनुराधा कोईराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसक्नुभएको छ ।