Thaha

Saturday 20 April - 6:33 am NST

तिहार पछि सीमा नाका खुकुलो

काठमाडौं, कात्तिक ३० । तिहार लगत्तै नेपाल भारत सीमा नाका भारतले फेरि खुकुलो पारेपछि सीमा क्षेत्रमा रोकिएका गाडी भित्रिन थालेका छन । आज पनि वीरगंज बाहेकका नाकाबाट विहानैदेखि इन्धन र मालबाहक गाडी आइरहेका छन् । वीरगंज नाका भने आन्दोलनरत मधेशी मोर्चाको धर्नाका कारण ठप्प छ । आज विहान बिराटनगरको जोगवनी नाकाबाट ४ बुलेट ग्याँस, ६ वटा ट्रक, ४ वटा कन्टेनर सामान भित्रिएको छ । 
गाडी आवतजावत गर्ने क्रम सामान्य रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । झापाको काकडभिट्टा नाकाबाट पनि इन्धन लिनका लागि केही ट्याङ्कर भारततर्फ गएको इलाका प्रहरीले कार्यालय काकडभिट्टाले जानकारी दिएको छ । त्यहाँबाट हिजो २ बुलेट ग्याँससहित ९९ वटा मालवाहक गाडि नेपाल भित्रिएका थिए । रुपन्देहीको बेलहिया नाकाबाट आज ६६ वटा मालबाहक ट्रक भित्रीएका छन् । नाकाबाट मालबाहक ट्रकसहित ११ वटा बस, १४ वटा पिकअप भ्यान नेपाल आउँदा इन्धनको भने कुनैपनि गाडी नआएको इलाका प्रहरी कार्यलय बेलहियाले जानकारी दिएको छ । 
नेपालगंजको रुपैडिया नाकाबाट विहान ४ वटा मालबाहक गाडि नेपाल भित्रिएका छन् । हिजो बेलुकी ४०÷४२ वटा ट्याङ्कर इन्धन लिन भारततर्फ गएको थाहा सहकर्मी विश्वराज पछल्डङ्ग्याले जनाएका छन् । भारतले वीरगंजबाहेकका नाका केही सहज बनाएसँगै हिजोदेखि इन्धन सहितका मालबाहक सवारी भित्रने क्रम बढेको हो ।