Thaha

Thursday 25 April - 3:16 pm NST

दक्षिण सुडानमा विमान दुर्घटना, ४० जनाको मृत्यू

काठमाडौं, १८ कार्तिक । दक्षिण सुडानको राजधानी जुबा विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना हुदाँ कम्तिमा ४० जनाको मृत्यु भएको छ ।  विमान माथिल्लो नाइल राज्यको पलोचतर्फको लागि उडान भरेको थियो ।

 विमानमा रहेका चालक दलका एक सदस्य र एकजना बच्चा दुर्घटनामा बाँच्न सफल भएको अधिकारीले बताएका छन ।  दुर्घटनास्थल वरपर चालीस शव भेटिएका स्थानीय रेडियो स्टेशनले जनाएको छ ।

विमानमा कति यात्रु थिए भन्ने एकीन भैसकेको छैन ।  विमानस्थलभन्दा केबल ८ सय मिटरको दुरीमा नाइल नदी किनार नजिक विमान दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनास्थलमा उद्धारकार्य जारी रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।