Thaha

Thursday 25 April - 9:26 pm NST

आज पनि देशभर मौसम सफा


काठमाडौं, १६ असोज ।अहिले काठमाडौं उपत्यका लगायत देशैभरको मौसम सफा रहेको छ । आज दिनभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

तर मध्य र पश्चिमी पहाडी क्षेत्रमा भने दिउँसो पख आंशिक बद्ली हुनेछ । पूर्वी पहाडी जिल्लाका केही ठाउँमा भने आंशिक बद्ली भएर छिटफुट पानी पर्ने अनुमान गरिएको छ । स्थानीय वायुको प्रभावले पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार मनसुन सकिएकाले अबका केहीदिन मौसम यस्तै हुने छ ।