Thaha

Saturday 20 April - 7:46 am NST

नुवाकोटमा पहिरोले पुरिएर ६ जनाको मृत्यु, पाँच जना घाइते

नुवाकोट ११ भदौ । नुवाकोटमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार आज बिहान २ बजे गोरस्र्ङ–२ मा पहिरो जाँदा पुरिएर ५ जनाको मृत्यु भएको हो ।

पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन् ।मृतक तथा घाइतेको नाम नखुलेको प्हरीले जनाएको छ । पहिरोबारे प्रहरीलाई स्थानीयले खबर गरेपछि आज बिहान ७ बजे जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ लागेको छ ।

सदरमुकामबाट घटनास्थल पुग्न करिब ४ घण्टा लाग्ने भएकोले प्रहरीको टोली अझै घटनास्थल पुग्न सकेको छैन ।स्थानीयले घाइतेको उद्धारको प्रयास गरिरहेका छन् ।