Thaha

Tuesday 16 April - 10:46 am NST

अझै सकिएन तराइमा रोपाई

इश्वरी अधिकारी , काठमाण्डौं ४ भदौ । यस वर्ष कम पानी परेका कारण नेपालमा भदौंको पहिलोहप्तासम्म पनि धान रोपाई सकिएको छैन । कृषि बिकास मन्त्रालयका अनुसार हाल सम्म नेपालको कुल धान रोपाई हुने क्षेत्र मध्ये ८३ दशमलब २ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको छ । 

पहाडी क्षेत्रमा रोपाई सकिएको भएपनि तराईका मुख्य धान उत्पादन हुने जिल्लामा अहिलेसम्म जम्मा ४० प्रतिशतको हाराहारीमा मात्र रोपाई भएको कृषि मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले थाहासन्चार नेटर्वकलाई जानकारी दिन्ुभयो । तराईका धनुषा महोत्तरी, सप्तरी र सिराहामा अहिले पनि ४० प्रतिशतको हाराहारीमा मात्रै रोपाई भएको छ । बारा र पर्सामा भने ७५ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको छ । 

अहिले पानी परेकाले तराईमा धमाधम रोपाई भैरहेको छ । भदौ १५ सम्ममा अघिल्लो वर्षजत्तिकै रोपाई हुने अपेक्षा गरिएको प्रवक्ता ठाकुरले बताउनुभयो । गत वर्ष भदौ १३ गतेसम्म रोपाई हुँदा पनि ९० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको थियो । 

सिंचाई सुविधा नपुगेकोले नेपालको अन्नभण्डारको रुपमा परिचित तराईका धेरै ठाउँमा आकाशे पानीको भरमा रोपाई हुने गरेको छ ।