Thaha

Friday 19 April - 5:42 pm NST

थाइल्याण्डमा ब्रम्हाको मन्दिर नजिकै बिस्फोट, १२ को मृत्यु

काठमाडौं, ३२ साउन । थाइल्याण्डको राजधानी बैंककमा भएको शक्तिशाली बम बिस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । दर्जनौं मानिस घाइते भएका छन् ।

                                                                                तस्वीरः बीबीसी

घाइते मध्ये धेरैको अवस्था  गम्भीर रहेकाले मृतकहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । चिडलोम जिल्लाको एक मन्दिर नजिकै बिस्फोट भएको हो । पर्यटकीय स्थलसमेत रहेको सो क्षेत्रमा हिन्दु देउता ब्रम्हाको मन्दिर रहेपनि त्यहाँ दिनहुँ हजारौं बौद्धहरु समेत आउने गरेको बिबिसीले जनाएको छ ।

बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । बैंककमा बिस्फोटका घटना निकै दुर्लभ मानिन्छ ।