Thaha

Thursday 25 April - 12:54 am NST

नीजि बायुसेवा कम्पनीले भाडा घटाउने

काठमाण्डौ १९ साउन । नीजि बायुसेवा कम्पनीहरुले आजदेखि हवाई भाडा घटाउने भएका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १५ रुपैयाँ घटाए पछि त्यसैको अनुपातमा भाडा समाजेजन गरिने बायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार आजदेखि घट्ने भाडा भोलीदेखि लागू हुनेछ । नेपाल बायुसेवा निगमले पनि आन्तरिक भाडा घटाउने तयारी गरेको छ । निगमका प्रवक्ता रामहरी शर्माले अन्तराष्ट्रिय उडानको भाडा नै कम लिएकाले घटाउन नसक्ने भए पनि आन्तरिक भाडादर भने घटाउने गृहकार्य भइरहेको बताउनुभयो । तर यातायात व्यवशायीले भने डिजेल र पेट्रलको मूल्य घटे पनि सवारी साधानको भाडा नघटाउने बताएका छन् । 

राष्ट्रिय यातायात व्यवशायी महासंघका वरिष्ठ उपाध्यक्ष डोलराज खनालले ५ रुपैयाँ भन्दा बढी मूल्य नघटेसम्म भाडा नघटउने सरकारसँग २०६५ सालमै सहमती भएको भन्दै भाडा नघटाइने बताउनुभयो । निगमले अस्ति राती देखि लागू हुने गरी डिजेल र पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५० पैसा घटाएको थियो ।