Thaha

Friday 19 April - 9:42 am NST

सोमालीयामा बिष्फोट, १३ जनाको मृत्यु


काठमाण्डौ ११ साउन । अफ्रिकी मुलक सोमालियाको राजधानी मोगादेशुस्थित एक होटलमा विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाईते भएका छन् । हवाई अड्डा नजिकै रहेको जजिरा प्यालेस होटलमा एउटा गाडिको प्रयोग गरी विस्फोट गराईएको अधिकारीहरुले जनाएका छन् । 


सोमाली चरमपन्थी गुट अल शबाबले आक्रमणको जिम्मा लिएको छ । अलकायदासँग जोडीएको अल शबाब गुटले आप्mनो विरुद्ध अफ्रीकि संघको सेना र सोमाली सरकारको आक्रमणको जवाफ स्वरुप यो आक्रमण गरेको बताएको छ । 


अमेरीकि राष्ट्रपती बाराक ओबामा केन्याको भ्रमण पुरा गरी ईथियोपियाका लागी प्रस्थान गरेका बेला मोगादेशुमा आक्रमण भएको हो । ओबामाले केन्या भ्रमणका क्रममा अल शबाबसँग लड्ने रणनीतिका विषयमा चर्चा गर्नुभएको थियो ।