Thaha

Saturday 20 April - 3:59 am NST

चार दलको बैठक बस्दै

काठमाण्डौ ११ साउन । संबिधानमा सबैदलको सहमती जुटाउने पहलमा मुख्य चार दलबीच आज पनि छलफल हुदैछ । आज अपरान्हपछि बस्ने बैठकमा संबिधानमा जनताबाट आएका सुझाबलाई कसरी समेट्ने र असन्तुष्ट दलहरुलाई पनि सहमतीमा ल्याएर संबिधान जारी गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

यसअघि हिजो छलफल भएपनि निर्णयमा पुग्न नसकेपछि दलहरुले आज छलफल गर्न लागेका हुन् । हिजोको छलफलमा नेपाली काग्रेस प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा देखिएपछि दलहरु निर्णयमा पुग्न सकेका थिएनन् । 

गत जेठमा भएको १६ बुँदे सहमती विपरित जनताका सुझाव आएपछि दलहरु ति सुझावलाई कसरी समेट्न सकिन्छ भनेर छलफलमा जुटेका छन् । जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी, धार्मिक स्वतन्त्रता, संबिधान जारी गर्नु अघि नै सिमांकनको विषय टुंग्याउनुपर्ने सुझाव दिएका छन् ।