Thaha

Friday 19 April - 4:54 pm NST

​सम्बन्धन अनुसार सन्चालन नभएका उच्च माबि खारेजीको तयारी अन्तिम चरणमा


ईश्वरी अधिकारी,
काठमाण्डौं ७, साउन । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति लिएका देशभरिका ७१ उच्च माविको अनुमति खारेज गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । परिषद्ले सम्बन्धन लिएर पनि दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गर्न लागेको हो । 


उच्च माबिहरुको सम्बन्धन खारेज गर्न परिषदले यसअघि नै सार्बजनिक सुचना निकालि सकेको छ । साउन १ गतेदेखि नै ति उच्च माबिको सम्बन्धन खारेज गर्ने तयारी गरिएको थियो । तर, खारेजीको सुचीमा परेका उच्च माविलाई स्पष्टीकरणका लागि १५ दिनको समय दिइएकाले  प्रकृया ढिला भएको परिषदका सम्बन्धन शाखा प्रमुख गोबिन्द खनियाले रेडियो थाहासन्चारलाई बताउनुभयो । अहिले स्पष्टिकरण माथि अध्ययन भइरहेको  खनियाको भनाई छ । 


उहाँका अनुसार अब बढिमा पाँच दिन भित्र प्रतिबेदन अध्ययनको काम सकेर कुन–कुन बिद्यालय खारेज गर्ने भन्ने टुंगो लगाइने छ । सम्बन्धन खारेजीमा पर्नेमा सबैभन्दा धेरै काठमाडाँैका उच्च मावि परेका छन् । 


परिषद्का अनुसार काठमाडौंका १७ वटा, ललितपुरका १०, मोरङका ६, झापाका ३, मकवानपुर र चितवनका ४–४, धनुषा, भक्तपुर, नवलपरासी र तनहुँका २–२ वटा उच्च माविलाई परिषदले खारेज गर्ने सुचीमा राखेको थियो । इलाम, सर्लाही, दोलखा, काभ्रे, पर्सा, बारा, उदयपुर, सिरहा, स्याङ्जा, लम्जुङ, कपिलवस्तु, रुपन्देही, प्यूठान, रुकुम, बाँके, बर्दिया, सुर्खेत र कैलालीका १–१ वटा उच्च मावि सम्बन्धन खारेजीको सुचिमा छन् ।