Thaha

Saturday 20 April - 4:20 pm NST

मनसुन सक्रिय हुन केही दिन लाग्ने


काठमाण्डौं ७, साउन । केहिदिन यता निष्कृय रहेको नेपालको मनसुर्ण पुर्ण सक्रिय हुँन अझै केहिदिन लाग्ने भएको छ । जल तथा मौषम पुर्वानुमान महाशाखाका अनुसार नेपालको मनसुन सक्रिय हुने न्युन चापीय रेखा नेपालबाट दक्षिण तर्फ सरेकोले नेपालको मनसुन केहि निष्कृय भएको हो ।

आज बिहानै देखि पुर्वी नेपालका केहि स्थानमा पानी परिरहेको र साँझ ती र मध्ये र पश्चिम नेपालमा पनि पानी पर्ने महाशाखाका मौषमबिद् बरुण पौडेलले जानकारी दिनुभयो ।

नेपालमा जुलाई महिनाको सुरुवातमा नेपालका केही ठाउँहरुमा भारी बर्षा भएपनि अहिलेसम्म पर्याप्त पानी पर्न सकेको छैन । पर्याप्त पानी नपर्दा धान रोप्न नपाएर किसान समस्यामा परेका छन् ।