Thaha

Saturday 20 April - 11:53 am NST

माईक्रोसफ्ट घाटामा

साउन ६ काठमाडौं । विश्वकै सर्वाधिक धनी कम्पनीभित्र पर्ने माईक्रोसफ्टले पछिल्लो ३ महिनामा ३ अर्ब २ करोड अमेरिकी डलर घाटा बेहोरेको छ ।

माईक्रोसफ्टले गत वर्ष नोकीया बिजनेश पनि खरिद गरेपछि सेयर मूल्यमा आएको गिरावटका कारण धेरै घाटा भएको जनाएको छ । ९ अर्ब ४ करोड अमेरिकी डलरमा खरिद गरेको नोकियाको मुल्यांकन अहिले ७ दशमलव ५ अर्ब अमेरिकी डलरको झरेको छ ।

माईक्रोसफ्टले ठूलो घाटा बेहोरेपछि झण्डै ७ हजार ८ सय कर्मचारीको जागीर जोखिममा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । विशेषगरी विन्डोज–एईट धेरै लोकप्रिय नभएपछि कम्पनिलाई ठूलो असर परेको छ ।