Thaha

Thursday 25 April - 10:37 pm NST

सुनको मूल्य दुई वर्षयताकै सस्तो

साउन ६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दुई वर्षयताकै सस्तो भएको छ । तीन दिन अघिसम्म प्रतितोला ४९ हजार रुपियाँमा कारोवार भएको सुन बुधबार ४८ हजार रुपियाँमा झरेको छ ।

दुई वर्षअघि यही मूल्यको हाराहारीमा कारोवार भएको थियो । २०७० सालयता ६३ हजार ३ सय रुपियाँसम्म पुगेको सुनको मूल्य अन्तराष्ट्रिय बजारमा ओरालो लागेसँगै ह्वात्तै घटेको  हो । अन्तराष्ट्रिय बजारमा सुनको भाउ हिजोको तुलनामा आज प्रतिऔँस ५ डलरले घटेको छ । मूल्य अझै घट्नसक्ने नेपाल सुनचाँदी व्यवसायी महासँघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो ।

गत वैशाख १२ गतेको विनासकारी भुकम्पपछि शून्यमा झरेको नेपालको सुनबजार विस्तारै उकालो लागेको थियो । तर यसअघि महँगोमा किनेको सुन मूल्य घटेसँगै सस्तोमा बेच्नुपर्ने भएपछि व्यवसायीहरु चिन्तित बनेका छन् ।