Thaha

Saturday 20 April - 6:50 pm NST

​नेपालको अन्तराष्ट्रिय टि–ट्वान्टी मान्यता खोसियो

काठमाण्डौ साउन ४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले गत वर्ष पाएको अन्तराष्ट्रिय टि–ट्वान्टी मान्यता खोसिएको छ । नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धीको रुपमा लिइएको ट्वेन्टी–२० अन्तराष्ट्रिय क्रिकेटको मान्यता आयरल्याण्ड र स्कटल्याण्डमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गरेपछि खोसिएको हो ।

आइसिसिले नेपाललाई गत वर्ष टि–ट्वान्टी क्रिकेटको मान्यता पाएको थियो । ट्वेन्टी–२० अन्तराष्ट्रिय हैसियत खोसिएपनि नेपाल अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको मूख्य बरीयतामा भने रहिरहने छ । नेपालले अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न विश्वकप ट्वेन्टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले टि– ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटको मान्यता दिएको थियो ।

आइसीसीले ट्वेन्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुने टोलीलाई मात्रै टि–ट्वेन्टी अन्तराष्ट्रियको मान्यता दिने भन्दै नेपाललाई सो सुचीबाट हटाएको हो ।

तर, नेपाल क्रिकेट एसोसिएसन क्यानका कार्यबाहक महासचिब उत्तम कर्मचार्यले भने यसबारे औपचारीक जानकारी आइनसेकेको जानकारी दिनुभयो ।