Thaha

Thursday 25 April - 4:00 am NST

तपाईलाई पनि संविधानको मस्यौदामा सुझाब दिने मन छ ?


काठमाडौ, ३ साउन ।


संविधानसभा सचिवालयले सुझाव संकलनका लागि सभासद्को टोली सबै जिल्लामा पुगिसकेको जनाएको छ । जिल्ला सदरमुकाम पुगेको सभासद् र कर्मचारीको टोली आईतवार सम्बन्धित निर्वाचन क्षेत्रमा पुगेर सोमवार र मंगलवार बृहत अन्तरकृया गर्ने सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । 


मस्यौदा माथि सुझाव दिन चाहने नागरिकले अन्य माध्यामबाट पनि सुझाव दिन सक्नेछन् । त्यसका लागि सचिवालयको पैसा नलाग्ने टोल फ्रि नम्बर १६ ६० ०१ २२ ३ ४४, वेभसाइट www.can.gov.np/draft मा गएर अथवा [email protected]  मा ईमेल गर्न सकिनेछ । 


विदेशमा रहेका नेपाली नागरिकले [email protected]  मा इमेल गर्न सकिनेछ भने ०१ ४ २२ ००० १९४, ४२ ००० ८३ र ४२ ०० १४१ मा फ्याक्स गर्न सकिनेछ । 


जिल्ला पुगेको टोलीसँग नागरिकले समय निक्कै थोरै भएको र अध्ययन गरेर सुझाव दिन कठिनाई भएको गुनासो गरेका छन् ।