Thaha

Thursday 25 April - 9:12 pm NST

सभासदहरुको आक्रोशको जवाफ आर्थमन्त्री महतले दिने


काठमाडौ,३१ असार
सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७२ ÷७३ को बजेट अन्तरगत पेस्की खर्च बिधेयक आज पारित हुदैछ । बजेटमाथिको सामान्य छलफल सकिएर सभासद्ले उठाएका प्रश्नको अर्थमन्त्री रामशरण महतले आज जवाव दिए पछि बैठकले पेस्की खर्च बिधेयक पारित गर्न लागेको हो । 

संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पुरानो आर्थिकबर्ष आजदेखी सकिने भएकाले पेस्की बिधेयक आजै  पारित गरी आजै राष्ट्रपतिले प्रमाणित गर्नु पर्ने बाध्यता छ ।  पेस्की बिधेयक पारित भएपछि मन्त्रालयगत रुपमा बिनियोजन भएको बजेटबारे आगामी ७ गतेदेखी छलफल शुरु गर्ने संसद सचिवालयले जनाएको छ । 

नयाँ संविधानको प्रारम्भीक मस्यौदामाथि जनताको राय सुझाब लिन सभासदहरु भोलीदेखि जिल्ला जान लागेकाले बजेटमाथिको थप छलफल पछि सारिएको हो । सत्ता साझेदार नेकपा एमाले सहित प्रमुख प्रतिपक्षी एमाओवादी लगायत दलले सरकारले अघि सारेको बजेटप्रति तिब्र बिरोध गरिरहेका छन् ।

काँग्रेसले बजेटमा एकलौटी गरेको एमालेका नेताहरुको आरोप छ भने बिपक्षी दलका नेताहरुले बजेटले कुनै अग्रगामी कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् ।