Thaha

Friday 26 April - 5:06 am NST

दुई करोड ९२ लाखको सामग्री लिलाम

काठमाडौ,२३ असार । विराटनगर भन्सार कार्यालयले दुई करोड ९२ लाख ३३ हजार बराबरको सामग्री लिलामी गरेको छ ।

भन्सार मुद्दा फाँटका नायव सुब्बा छत्र आलेका अनुसार एक वर्षभित्र बरामद गरिएका एक करोड ३३ लाख बराबरको तीन हजार ६०० किलो जडीबुटी, ४४ वटा मोटर साइकल, सुपारी, कपडा र चिनी लिलामी गरिएको हो ।

भन्सार कार्यालय मुद्दा शाखाका अनुसार चालु आर्थिक वर्षमा भन्सार नकाटी चोरी पैठारीमा संलग्न ४ सय ३७ जनालाई मुद्दा चलाएको छ ।