Thaha

Friday 19 April - 6:17 pm NST

भारतमा अविवाहित महिलाबाट जन्मिएका बच्चाको पहिचानका लागि बाबु नचाहिने


काठमाडौ,२१ असार।
भारतको सर्वोच्च अदालतले अविवाहित महिलाबाट जन्मिएका बच्चाको पहिचानका लागि बाबु खोज्नु नपर्ने फैसला गरेको छ । अदालतले अविवाहित महिला आफ्नो बच्चाको बाबुको सहमति बिना पनि कानुनी रुपमा अभिभावक हुन सक्ने फैसला गरेको हो । अदालतले आफ्नो फैसलामा अविवाहित आमाको हकमा बच्चाको वावुको नाम बताउन आवश्यक नहुने जनाएको छ ।

फैसलामा बच्चाको अभिभावकका रुपमा लागि आमाको नाम नै पर्याप्त हुने भन्दै बाबुको नाम खोज्न आवश्यक नरहेको उल्लेख छ । विवाह नगरी जन्मने बच्चाको अभिभावकमा बाबुको नाम खोजिएको भन्दै त्यसविरुद्ध केहि महिलाले मुद्धा दायर गरेका थिए ।

न्यायाधिस बिक्रमजीत सेन र अभय मनोहर सपलेको संंयुक्त ईजलासले बच्चा जन्माएका अविवाहित महिलाका पक्षमा यस्तो फैसला गरेको हो ।भारतीय सञ्चारमाध्यम र महिला अधिकारवादीले फैसालालाई ऐतिहासिक भनेका छन ।