Thaha

Friday 19 April - 3:07 am NST

स्थानीय चुनाव माघ १५ पछि उपयुक्त: यादव

काठमाडौं, असार २१ ।निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले माघ १५ पछि स्थानीय निकायको चुनाव गर्दा उपयुक्त हुने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यादवले स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोग प्राविधिक रुपले सक्षम रहेको दावी गर्नुभयो । दलबीच भएको १६ बुँदे सम्झौताको अन्तिम बुँदामा स्थानीय निकायको निर्वाचन चाँडै गर्ने कुरा उल्लेख भएकाले आयोग प्राविधिक तयारीमा लागेको उहाँले जानकारी दिनुभयो ।