Thaha

Thursday 18 April - 6:14 pm NST

मोर्चाले संविधानको मस्यौदा च्यात्ने

काठमाण्डौं, असार २१ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानको मस्यौदा च्यात्ने भएको छ । बुद्धनगरमा आज बसेको मोर्चाको बैठकले संविधानको मस्यौदा यथास्थितिवादी र पश्चगामी भएको भन्दै असार २६ गते देशब्पायी बिरोध गर्ने र संविधान मस्यौदाको प्रति च्यात्ने निर्णय गरेको हो ।

बैठकले भारत र चीनबीच भएको लिपुलेक सम्झौतको बिरोधमा दुबै देशका काठमाडौंस्थित राजदुतावासमा विरोध पत्र दिने निर्णय पनि गरेको मोर्चाका संयोजक तथा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले जानकारी दिनुभयो । मोर्चाले सम्झौताको प्रति असार ३१ गते देशब्यापी रुपमा च्यात्ने निर्णय पनि गरेको छ ।

भूकम्प प्रभावित जिल्लाहरुमा भइरहेको राहत वितरण, कालोबजारीलगायतको अनुगमन पनि गर्ने निर्णय गरेको मोर्चाले जानकारी दिएको छ ।