Thaha

Friday 19 April - 11:23 pm NST

ग्रीसका अर्थमन्त्रीद्वारा राजीनामा

काठमाण्डौं असार २१ । ग्रीसका अर्थमन्त्री यानिस भारौफाकिसले सोमबार पदबाट राजीनामा दिनुभएको छ । जनमतसंग्रहबाट मुलुकलाई दिन लागिएको अन्तराष्ट्रिय आर्थिक सहायता प्याकेज पूर्णरुपमा अस्विकृत भएलगत्तै अर्थमन्त्री यानिसले पद् छोड्नुभएको हो । उहाँले व्यक्तिगत ब्लगमार्फत अर्थमन्त्रीको पद छोडेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । तर, यानिसले किन राजीनामा दिए भन्नेबारे केही खुलेको छैन । हिजो ग्रीसमा भएको जनमत संग्रहमा मतदान गर्ने ६१ दशमलव ३ प्रतिशत नागरिक अन्तर्राष्ट्रिय ऋणदाताको शर्तसहितको प्याकेज खारेज गर्नुपर्ने पक्षमा उभिएपछि ग्रीसले सहायता प्याकेजलाई अस्विकार गरेको थियो ।