Thaha

Friday 19 April - 8:11 pm NST

​ग्रीसमा अन्तराष्ट्रिय आर्थिक सहायता अस्विकार

काठमाण्डौं असार २१ । ग्रीसले आफ्नो मुलुकलाई दिन लागीएको अन्तराष्ट्रिय आर्थिक सहायता प्याकेजलाई पूर्णरुपमा अस्विकार गरेको छ । हिजो भएको जनमत संग्रहमा ६१ दशमलव ३ प्रतिशत नागरीकले अन्तराष्ट्रिय ऋणदाताको शर्तसहीतको प्याकेज खारेज गर्नुपर्ने पक्षमा मतदान गरेका छन् ।

ग्रीसको गृहमन्त्रालयका अनुसार कुल मतदातामध्ये ३८ दशमलव ७ प्रतिशतले मात्र ऋणदाताको प्याकेजको समर्थन जनाएका छन् । प्रधानमन्त्री एलेक्सिस सिप्रासले ग्रीसका नागरीकले एकजुट भएको भावना प्रकट गरेको भन्दै जनमत संग्रहको नतिजाप्रति खुसी व्यक्त गर्नुभएको छ ।

यूरोपेली अधिकारीहरुले भने शर्त खारेज भएसँगै ऋणदाताहरुसँग अहिलेसम्म भएका वार्ताको औचित्य समाप्त भएको बताएका छन् । यूरोजोनका अर्थमन्त्रीहरुले भविष्यमा ग्रीस जनमत संग्रहको निर्णयप्रति पछुताउने दाबी गरेका छन् । सरकारका आलोचकहरुले भने सहायता प्याकेज अस्विकार गरीए ग्रीस यूरोजोनबाट बाहीरिन चेतावनी दिएका थिए ।

जनमत संग्रहको नतिजा आएपछि डलरको तुलनामा युरोको मुल्यमा गिरावट देखिएको छ । ग्रीसको सम्बन्धमा आगामी रणनीति तय गर्न मंगलबार युरोजोनका प्रमुखहरुको शिखर सम्मेलन डाकीएको छ ।