Thaha

Wednesday 17 April - 2:23 am NST

​भाटाले हानेर श्रीमतीको हत्या

गुल्मी, १९ असार ।
गुल्मीको पल्लीकोट गाविसका खिमबहादुर सन्यासीले पारिवारिक विवाद पछि श्रीमतीको हत्या गरेका छन् । पल्लीकोट गाविस ३ का ५६ बर्षीय खिमबहादुरले ४५ बर्षीया श्रीमती भिमकला सन्यासीको गएराती हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका उनले बाँसको भाटाले टाउकोमा हानेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रामप्रसाद पौडेलले जानकारी दिनुभयो । खिमबहादुरलाई जिल्ला प्रहरी कार्यलय गुल्मीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।