Thaha

Saturday 20 April - 4:53 am NST

​कोपा अमेरिकामा पेरु तेस्रो

असार १९, काठमाडौं । पाराग्वेलाई २–० गोलले हराउँदै पेरु कोपा अमेरिका फुटबलको तेस्रो स्थान हात पार्न सफल भएको छ । आज विहान सकिएको खेलमा पेरुको जितका लागि ४८ औं मिनेटमा आन्द्रेइ मार्टिन कारिल्लो र ८९ औं मिनेटमा पाउलो गुइरेरोले गोल गरेका थिए । 
          प्रतियोगिताको सेमिफाइनलमा पारग्वे अर्जेन्टिनासँग ६–१ र पेरु आयोजक चीलीसँग २–१ ले पराजित भएका थिए । 
आयोजक चिली र अर्जेन्टिनाबीचको उपाधि भिडन्त नेपाली समयअनुसार आज राति पौने २ बजे बजेदेखि सुरु हुनेछ । चारपटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको चिलीका लागि घरेलु दर्शकको समर्थनका बीच पहिलोपटक उपाधि उचाल्ने अवसर छ ।
           १४ पटकको उपाधि बिजेता भएपनि २२ बर्षदेखि उपधि जित्न नसकेको अर्जेन्टिना पनि यसपटक उपाधि लिएर घर फर्कन चाहन्छ । अर्जेन्टिनाले १९९३ यता कोपा अमेरिकाको उपाधि जितेको छैन ।