Thaha

Friday 19 April - 8:50 am NST

नेपालको सान्त्वना जित

असार १९, काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको चौथो तथा अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ । गएराति भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई  ३ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डस्ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । १ सय ४० रनको बिजय लक्ष्यसहित मैदान उत्रिएको नेपाली टोलीले २ बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य पार गरेको हो ।  नेपालका लागि सागर पुनले ३, बसन्त रेग्मीले २ र सोमपाल कामीले एक विकेट लिएका थिए । नेपाललाई जित दिलाउन कप्तान पारस खड्काले सर्वाधिक ५४ रनको योगदान गरेका थिए । ज्ञानेन्द्र मल्लले १८, बिनोद भण्डारीले १३, सरद भेस्वाकरले १२ रन बनाएका थिए । अरु खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । अन्तिम खेल जितेपनि चार खेलको श्रृंखला भने नेपालले ३–१ ले गुमाएको छ । अब नेपाली टोली विश्वकप टि ट्वान्टी छनौट खेल्न उतैबाट आयरल्याण्ड जानेछ । नेपालले जुलाइ १० मा पहिलो खेल अमेरिकासँग खेल्नेछ ।