Thaha

Friday 19 April - 4:20 am NST

​ जापनद्धारा निर्मित बनेपा सिन्धुली बर्दिबास सडक हस्तान्तरण


राजकुमार गोले, असार १८, काभ्रे । 
जापानको सहयोगमा गत वर्ष निर्माण गरिएको बिपी राजमार्ग आज औपचारीक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । महोत्तरीको बर्दिबासदेखि सिन्धुली, रामेछाप हुँदै राजधानी काठमाण्डौलाई जोड्ने १ सय ६० किलोमिटरको सडक औपचारीक रुपमा जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेकोे हो । 


आज बिहान प्रधानमन्त्री सुशील कोइरालाले काभ्रेको धुलिखेलमा सडकको उद्घाटन गर्नुभयो । सडक निमार्णकार्य २० वर्ष अघि २०५२ सालमा शुरु गरिएको थियो । राजमार्गमा अहिले पूर्वी तराईदेखि सिन्धुली ओखलढुंगा खोटाङ सोलुखुम्बु उदयपुर हुँदै रामेछाप मन्थली तथा राजधानीसम्मका लागि दैनिक यातायात सञ्चालन भइरहेका छन् । सडक आयोजना अन्तरगत सिन्धुलीको जलकन्या, भद्रकाली, रतनचुरा, तीनकन्यालगायत गाविसमा पनि सडक निर्माणका लागि ट्रयाक खोलि दिएको छ । 


राजमार्गको दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमि चार वर्षअघि बनिसकेको थियो । खुर्कोट–नेपालथोक तेस्रो खण्डअन्तर्गत ३७ किलोमिटर भर्खरै सकिएको हो । यसअघि पहिलो खण्ड बर्दिवास, सिन्धुली तथा चौथोखण्ड–नेपालथोक–धुलिखेल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ । बीपी राजमार्गको निर्माण सम्पन्न भएसँगै सिन्धुली तथा काभ्रेका किसानहरुलाई उत्पादित बस्तुहरु बजार सम्म पु¥याउन सहज भएको छ ।