Thaha

Tuesday 23 April - 6:10 pm NST

​किरात जनवादी वर्कसले हतियार बुझायो

गोपाल कामत
धरान १८ असार, 


किरात जनबादी वर्कस पार्टी बिर्दौही समुहले हातहतीयार सरकारलाई बुझाएको छ । वर्कसले बिभिन्न ५ बुदे माग राखी सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई हतियार बुझाएको हँे । 
धरान १० स्थित किरात“ राई यायोक्खाको भवनमा एक कार्यक्रमका बीच हतियार बुझाएको हो । हतियार बुझाउने क्रममा वर्कसका अध्यक्ष साङ्गकन्मा किरा“तीले राज्य निर्माणका लागी शान्ती नै चाहिने भएकाले हतियार बुझाएको बताउनुभयो । 
पार्टीले थ्रि नट थ्रि राईफल ४ थान र एक थान कटुवा पेस्तोल गरि ५थान हतियार बुझाएको हो ।  वर्कसले नया संबिधानले आत्मनिर्णयको अधिकार सहितको तीन किरा“त एक बिरासतको स्थापना हुनुपर्नै,पार्टीका नेता तथा कार्यकर्तामाथि लयाईएको मुदा खारेज गरि सम्पुर्ण कैदी बन्दीलाई तुरुन्त रिहाई गर्नुपर्नै लगायतका माग अघि सारेको हो ।